लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २२१.४९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १७ करोड ५६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ३१ करोड ८२ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १७५.९३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४७ करोड ७७ लाख ५६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि २२९.२० प्रतिशतले बढेर ८४ करोड ७२ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा २५ करोड ७३ लाख ५९ हजार रूपैयाँ रहेकाे थियाे ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी एक अर्ब ७३ कराेड ९४ लाख ४० हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ९३ करोड ५२ लाख ३२ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी २० रुपैयाँ ६० पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ४७.५८ गुणा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।