Like us!
Follow us!

भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै, कहाँ-कहाँबाट लगाउन पाइन्छ ?

भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै, कहाँ-कहाँबाट लगाउन पाइन्छ ?

लगानी खबर, काठमाडाैँ - आज (साउन २२ गते, शुक्रबार) देखि साउन २४ गतेसम्म नेपालका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ । पहिलो मात्रा भेरोसेल खोप लगाइसकेका व्यक्तिहरूलाई आज (साउन २२ गते, शुक्रबार) देखि दोस्रो मात्रा खोप लगाइने भएकाे हाे। 

कोभिड-१९ विरुद्धको भेरोसेल खोपको लागि काठमाडौं जिल्लामा १४७ वटा खोप केन्द्र तोकिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो मात्रा लगाउँदाको कार्ड, विद्युतीय दर्ता गर्दाको प्रिन्ट तथा फोटोसहितको नम्बरको आधारमा खोप लगाउन पाइनेछ ।

याे खाेप पहिलो मात्रा लगाएको २१ दिन पुरा भएको, ५५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका सबै नागरिकहरु, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, कर्मचारी, शिक्षक, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका मुलुकमा जाने श्रमिकहरूले मात्र लगाउन पाउनेछन् ।

काठमाडौं जिल्लाका १४७ वटा खोप केन्द्रहरू यस प्रकारका छन् :

610bcabd73207.jpg

610bcac3a2867.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।