Like us!
Follow us!

एनआईबीएल एस क्यापिटलमा डिम्याट खाता खाेल्दा १०० कित्ता ईकाई पाइने

एनआईबीएल एस क्यापिटलमा डिम्याट खाता खाेल्दा १०० कित्ता ईकाई पाइने

लगानी खबर, काठमाडाैँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ ।

उक्त योजना अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडमा हितग्राही खाता (Demat Account) निशुल्क खाेलिनेछ । हितग्राही खाता (Demat Account) खोल्ने ग्राहकहरुलाई गोलाप्रथाद्वारा मासिकरुपमा १० जना भाग्यशाली विजेताहरुलाई, नेपालकै पहिलो खुलामुखी योजना, एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ ।

यो योजना आज (साउन २० गते, बुधबार) देखि कार्तिक २० गतेसम्मको लागि लागु हुनेछ ।
 
एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (Demat Account) खोल्न तथा मेरो सेयर दर्ता (Meroshare Registration) अनलाइन प्रणाली मार्फत सहज रुपमा गरिरहेको जनाएको छ ।    
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।