Like us!
Follow us!

तपाईंकाे खाता ठिक छ ? लक्ष्मी उन्नत्ती कोषले आजदेखि लाभांश पठाउँदै

तपाईंकाे खाता ठिक छ ? लक्ष्मी उन्नत्ती कोषले आजदेखि लाभांश पठाउँदै

लगानी खबर, काठमाडाैँ - लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषले आज (साउन १९ गते, मंगलबार) बाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएकाे छ ।

काेषले नगद लाभांश वितरण गर्नको लागि साउन १३ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे ।  त्यसैले साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरिएकाे छ ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ ।

काेषकाे योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

6108b98997000.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।