Like us!
Follow us!

सोमबार यी १० कम्पनीका लगानीकर्ता निराश

सोमबार यी १० कम्पनीका लगानीकर्ता निराश

लगानी खबर, काठमाडौं  - कारोबार  हुने  हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा पगेको छ । 

सामान्य अंकले बढेको बजारमा आज माउटेन हाइड्रोे नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर ५.६४ प्रतिशतले घटेर ५ सय ६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : नेपाल हाइड्रो डेभलरको ५.३३ प्रतिशतले घटेर ६ सय ४ रुपैयाँ पुगेको छ । लक्ष्मी इक्विटी फण्डको ४.८७ प्रतिशतले घटेर १२ रुपैयाँ ३० पैसा पुगेको छ । हिमालयन पावर पार्टनरको ६.६४ प्रतिशतले घटेर ५ सय ९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज युनाइटेड इदी मर्दी आर बि हाइड्रोपावरको सेयर पनि घटेको छ । आज कम्पनीको सेयर ४.४८ प्रतिशतले घटेर ६ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, सप्तकोशी डेभलपमेण्ट बैंकको ४.४ प्रतिशतले घटेर ४ सय ४ रुपैयाँ पुगेको छ । बरुण हाइड्रोपावरको ३.८८ प्रतिशतले घटेर ६ सय ४४ रुपैयाँ पुगेको छ । आज चन्द्रागिरि हिल्सको सेयर ३.३५ प्रतिशतले घटेर १ हजार ६ सय १४ रुपैयाँ पुगेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको ३.२३ प्रतिशले घटेर ४ सय ८० रुपैयाँ पुगेको छ र युनाइटेड मोदी हाइड्रोको ३.१२ प्रतिशतले घटेर ४ सय ९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

6107bed89c904.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।