Like us!
Follow us!

वाणिज्य बैंकद्वारा ग्राहकहरुको खाता नम्बर परिवर्तन

वाणिज्य बैंकद्वारा ग्राहकहरुको खाता नम्बर परिवर्तन

लगानीखबर, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको गरेको छ । बैंकले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । 
यसअघि खाता नम्बरमा १२ अंक मात्र रहेकोमा सबै खाता नम्बर परिवर्तन गरि १६ अंकको कायम गरिएको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ, SMS बैकिङ, इन्टरनेट बैंकिङ, connectIPS लगायत सेवाहरु उपयोगका लागि प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ खाताको कारोबारहरु ग्राहकले हाल भइरहेको चेक तथा एटिएम  कार्डबाट नै गर्न सक्नेछन् । 

बैंकले जारी गरेको सूचना हेर्नुहोस् :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।