Like us!
Follow us!

झिनाे अंकले बढ्याे सेयर बजार, ६ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

झिनाे अंकले बढ्याे सेयर बजार, ६ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडाैँ - आज (आइतबार) सेयर बजार झिनाे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ विन्दुमा पुगेकाे छ । नेप्से ०.०४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.२४ अंकले बढेर ५७२.१५ मा पुगेको छ ।

कूल २२६ वटा कम्पनीकाे ३ कराेड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका कूल १३ उपसमूहमध्ये, ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आइतबार ६ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीनर्जी पावर, कालिका पावर, युनिभर्सल पावर, घलेम्दी हाइड्राेपावर, ग्रीन लाइफ हाइड्राेपावर र जीवन विकास लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

हेराैँ आजकाे सेयर तालिका :

 

61066d5182a99.jpg 61066d5997030.jpg 61066d60e188c.jpg 61066d68210de.jpg 61066d6dda255.jpg 61066d756fc8c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।