लगानी खबर, काठमाडौं- नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेकाे छ । बाेर्डले न्यादी हाइड्राेपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएकाे हाे ।
न्यादी हाइड्रोपावर
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले मंसिर १० गते, बुधबार बोर्डमा निवेदन पेश गरेकाे थियाे । बोर्डले कम्पनीलाई श्रावण ११ गते आईपीओ निष्कासनको अनुमति दिएकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
बुद्धभुमी नेपाल हाइड्रोपावर
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।
कम्पनीले अनुमति माग्दै माघ ८ गते, बिहीबार बोर्डमा निवेदन पेश गरेकाे थियाे । बोर्डले श्रावण १४ गते अनुमति दिएकाे हाे । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
साहस उर्जा कम्पनी लिमिटेड
साहस उर्जा कम्पनी कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको हाे । कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते, बुधबार बोर्डमा निवेदन पेश गरेकाे थियाे । सेबाेनले श्रावण १४ गते अनुमति दिएकाे हाे ।
कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले यसअघि नै प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।