Like us!
Follow us!

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (मंगलबार) तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ६ रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।