लगानी खबर, काठमाडाैँ - लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले २०७८ साल असार मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
असार मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १४ रुपैयाँ ९२ पैसा पुगेको छ । उक्त मूल्य जेठ मसान्तकाे तुलनामा ७५ पैसाले बढेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ १७ पैसा रहेकाे थियो ।
त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ५२ करोड २४ लाख रुपैयाँमा झरेको छ । उक्त लगानी जेठ मसान्तकाे तुलनामा ६ करोड ३० लाख रुपैयाँले थाेरै हाे । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५८ करोड ५५ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।
त्यस्तै, फण्डले विभिन्न प्रकारका ५३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको सेयरमा लगानी गरेको छ ।
यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ३८ करोड ४० लाख रुपैयाँ पुगेकाे छ । जेठ मसान्तसम्मकाे तुलनामा बढेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा २५ करोड ८७ लाख रूपैयाँ रहेकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।