Like us!
Follow us!

सावधान ! होण्डाको नाममा म्यासेन्जरमा स्पाम

सावधान ! होण्डाको नाममा म्यासेन्जरमा स्पाम

लगानी खबर, काठमाडाैँ - हाेण्डा नेपालकाे नाममा हाल फेसबूकमा "स्पाम" फैलिरहेकाे छ । होन्डाको ७० औं वार्षिकोत्सवको "Honda 70th Anniversary" शुभकामनासहितको म्यासेज लिङ्क म्यासेन्जरमा फैलिइरहेको हाे ।

याे लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ । उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ । 

याे लिङ्क नखोल्नुहोला । किनकि याे तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो । यसले तपाईंकाे व्यक्तिगत सूचना संकलन गर्दछ । हाेण्डा नेपालले पनि एक सूचना प्रकाशन गर्दै याे एउटा स्पाम रहेकाे र याे लिङ्क नखाेल्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।