Like us!
Follow us!

लाभांश वितरण गर्न लक्ष्मी उन्नत्ती कोषले तोक्यो बुकक्लोज मिति

लाभांश वितरण गर्न लक्ष्मी उन्नत्ती कोषले तोक्यो बुकक्लोज मिति

लगानी खबर, काठमाडाैँ - लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएकाे लक्ष्मी क्यापिटल मार्केट लिमिटेड याेजना व्यवस्थापक रहेकाे लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेकाे छ ।

काेषले नगद लाभांश वितरण गर्नको लागि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

काेषकाे हिजाे (श्रावण ५ गते, मंगलबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

60f7789a2315a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।