Like us!
Follow us!

सोमबार २४४५ जना संक्रमित थपिए, १२५८ संक्रमणमुक्त

सोमबार २४४५ जना संक्रमित थपिए, १२५८ संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।  सो अवधिमा १ हजार २ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ६ सय ६४ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट एक हजार ६ सय ४२ जनामा र एन्टिजेन विधिबाट ८ सय ३ जनामा गरि कूल २ हजार ४ सय ४५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बितेको २४ घण्टामा ३२ जना संक्रमितको मृत्यू भएको छ । 

60f55f984505d.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।