लगानी खबर, काठमाडौं - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा साउन २५ गते कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।
कम्पनीको सभाले साधारण सेयर (आईपीओ) निष्कासनको प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । सभाले सञ्चालक नियुक्तिको विषय पनि अनुमोदन गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।