Like us!
Follow us!

नेशनल हाईड्रोको साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

नेशनल हाईड्रोको साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

लगानी खबर, काठमाडाैँ - नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडकाे २४औं वार्षिक साधारण सभा आज (असार ३१ गते, बिहीबार) कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट कम्पनीका अध्यक्ष कुमार पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएकाे छ । 

सभाले नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडमा अन्य हाइड्राे कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेकाे छ । सभाले लाेअर इर्खुवा हाइड्राेपावर कम्पनी लिमिटेडले आयाेजना निर्माण गर्न लिएकाे ॠणमा कर्पाेरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय पनि सभामा अनुमाेदन गरिएकाे छ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू तथा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरू छलफल गरी पारित गरिएकाे छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।