Like us!
Follow us!

लगानीकर्ता मालामाल : एकैदिन यी २४ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो

लगानीकर्ता मालामाल : एकैदिन यी २४ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो

लगानी खबर, काठमाडौं - आज (आइतबार) सेयर बजारमा भारी वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७३.३३ अंकले बढेर २८९८.४३ बिन्दुमा पुगेको छ ।  आज नेप्से परिसूचक २.६० प्रतिशतले बढेको हो ।

आइतबार कारोबार रकम पनि बढेको छ ।  पछिल्लो समय ४ अर्बमा खुम्चिएको कारोबार रकम आइतबार ८ अर्बमा नाघेको  छ ।

सेयर बजारमा हरियाली छायो, कारोबार रकम पनि बढ्यो

आज २ दर्जन कम्पनीको सेयर कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ  । जसमध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ  । आइतबार गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको सेयरको मूल्य १० प्रतिशतले बढेको हो  ।

त्यसैगरी, क्रमश:साइन रेसुंगा डेभलपमेन्ट बैंक, मल्टीपपर्स फाइनान्स, समृद्धि फाइनान्स,महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक गुडवील फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, ज्योति विकास बैंक, प्रोगेशिभ फाइनान्स, बेस्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट सेन्ट्रल फाइनान्स रिलायन्स फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, कामना सेवा विकास बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । 

60eac05ed93b5.JPG 60eac06423209.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।