Like us!
Follow us!

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार  ?

लगानीखबर काठमाडौं, नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ ।

आज (शुक्रबार) छापावाला सुनको मूल्य तोलाको १ सय रूपैयाँले घटेर  प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

बिहिबार सुनको मूल्य तोलाको ७ सयले घटेर, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ पुगेको थियो ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।