लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले पुन: ३ कम्पनीको संस्थापक सेयर आज (असार २७ गते) बाट लिलामीमा ल्याएको छ। पटकपटक लिलामीमा राख्दा पनि बिक्री नभएपछि पुन: आजबाट लिलामीमा राखेको हो ।
बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तका कुल ४ लाख ८३ हजार ६७३ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । जसमा आरएमडीसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५६ हजार ८३८ कित्ता र महुली लघुवित्तको ५३ हजार ७० कित्ता रहेका छन्।
लिलामीमा राखिएका सेयरको प्रतिकित्ता आरएमडीसी लघुवित्तको ४ सय ७३ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ५३४ कित्ता र महुली लघुवित्तको ७ सय ५२ रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लिलामी सेयरमा विद्यमान सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन्।
लगानीकर्ताले महुली लघुवित्तमा बोलपत्र पेश गर्दा न्यूनतम ५ सय कित्ता तथा आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्समा न्यूनतम १०० तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन्।
बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ३१ गते बैंकिङ समयसम्म तोकिएको छ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।