लगानी खबर, काठमाडौं - सेयर बजारले आज (मंगलबार) पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ । आज पनि सेयर बजार र कारोबार रकम दुवैमा गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१० बिन्दुमा पुगेको छ । नेप्से ०.१९ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.९७ अंकले घटेर ५२६.७५ मा पुगेको छ ।
आज कूल २२० कम्पनीको १ कराेड एक लाख ३५ हजार २ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रूपैयाँको कारोबार भएको छ ।
आज कूल १३ वटा उपसमूहमध्ये ५ वटा उपसमूहको मात्र सेयर बढेको छ, बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।
यो साता सेयर बजारले तीनै दिन ओरालो यात्रा तय गरेको छ । आज हिमालयन डिस्टिलरी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ कम्पनीले ३५ करोड ८७ लाख ३९ हजार बराबरको कारोबार गरेको छ ।
मंगलबार, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाउँदा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।