लगानी खबर, काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हकप्रद सेयरमा परेका बोलपत्रहरु आज (सोमबार) खोलिने भएको छ ।
उक्त सेयरमा परेका बोलपत्र आज (असार २१ गते, सोमबार मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार मार्ग, कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिन लागेको हो ।
कम्पनीले असार ९ गतेदेखि १६ गतेसम्म ४ लाख ३५ हजार ८९४ कित्ता अवितरित हकप्रद लिलामीमा बिक्री खुल्ला गरेको थियो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।