लगानी खबर, काठमाडौं - आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.१३ अंकले घटेर २८२३.८७ बिन्दुमा पुगेकाे छ । नेप्से ०.१५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर ५२२.३७ मा पुगेको छ ।
बुधबार कारोबार रकम पनि ५ अर्बमा खुम्चिएको छ । आज कूल २२० कम्पनीको १ कराेड ६२ लाख ४८ हजार एक सय कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रूपैयाँको कारोबार भएको छ ।
आज कूल १३ वटा उपसमूहमध्ये ६ वटा उपसमूहको सेयर बढेको छ, भने बाँकी ७ उपसमूहको सेयर घटेको छ । आज फाइनान्स समूहमा लगानीकर्ता आकर्षित भएका छन् ।
बुधबार नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । त्यसैगरी, सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा एनएलजी इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, अपर तामाकोशी र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् ।
त्यसैगरी, पोखरा फाइनान्स कम्पनी लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड, बेष्ट फाइनान्स कम्पनी लिमिटेड, आइसिएफसी कम्पनी लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् ।
यता, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, सोल्टी होटल लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, नागरिक लगानी कोष र नबिल इक्विटी फण्डले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।