Like us!
Follow us!

डिम्याट खाता नविकरणको शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह

डिम्याट खाता नविकरणको शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह

लगानी खबर, काठमाडौं- सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

सनराइज क्यापिटल लिमिटेड तथा सनराइज बैंक लिमिटेडकाे शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खाेलेका सम्पूर्ण हितग्राहीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो ।

क्यापिटलले आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएकाे हाे । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएकाे छ ।

हितग्राहीहरुले सनराइज क्यापिटल लिमिटेड तथा सनराइज बैंक लिमिटेडकाे आफूलाई पायक पर्ने नजिकैकाे शाखा कार्यालयहरू तथा कनेक्ट आइपीएस, इ - सेवा, खल्ती र प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । 

मेरो सेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

60dc2ef723003.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।