Like us!
Follow us!

सेयर बजार पुनः ओरालो लाग्यो, परिसूचक र कारोबार दुवैमा भारी गिरावट

सेयर बजार पुनः ओरालो लाग्यो, परिसूचक र कारोबार दुवैमा भारी गिरावट

लगानी खबर, काठमाडौं  - आज (बुधबार) सेयर बजारले पुनः ओरालो यात्रा तय गरेको छ । एक सातापछि मंगलबार बढेको बजार आज फेरि ओरालो लागेको हो  । आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ बिन्दुमा पुगेको छ । आज नेप्से १.७७ प्रतिशतले घटेको हो ।  त्यस्तै सेन्सेटिभ परिसूचक पनि ७.३७ अंकले घटेर ५२८.९७ बिन्दुमा पुगेको छ  ।

कूल २१८ कम्पनीको एक कराेड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रूपैयाँ मंगलबार सेयर बजारमा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको थियो ।

आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ । आज विकास बैंक समूहको सेयरमूल्यमा सबैभन्दा धेरै घटेको छ ।

बुधबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक काराेबार गरेको छ ।त्यसैगरी, धेरै काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल इन्स्याेरेन्स, राधी विद्युत, नेशनल हाइड्राेपावर, इड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, हिमालयन डिष्टीलरी लगायतका कम्पनी रहेका छन् ।

बुधबार राधी विद्युत, ङादी ग्रुप पावर, छ्याङ्दी हाइड्राेपावर, नेपाल इन्स्याेरेन्स, घलेम्दी हाइड्राेपावर, आँखुखाेला जलविद्युत, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्राेपावर लगायतका सेयरधनीहरूले सर्वाधिक नाफा कमाएका छन् ।

यता, कालिका पावर, नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्राे डेभलपर्स, अरूण काबेली, मल्टीपर्पस फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, पाँचथर पावर, हिमालयन पावर पार्टनर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

60d2ffd775326.jpg 60d2ffdc4777e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।