Like us!
Follow us!

नेप्सेमा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, मूल्य कति ?

नेप्सेमा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, मूल्य कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको गरको हो । कम्पनीको समायोजनपछिको मूल्य ३ हजार ७ सय ४३ रुपैयाँ निर्धारण भएको छ । 

कोषको सोमबारको अन्तिम कारोबार मूल्य ४ हजार ८० रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज मंगलबार नेप्सेमा कोषको सेयर कारोबार खुल्नेछ । कोषले असार १८ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभाले लाभांश प्रस्ताव पारित गर्दैछ । 

कोषको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कोषले आज मंगलबार (असार ८ गते) नै बुक क्लोज गरेको छ । तसर्थ, हिजो सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।