Like us!
Follow us!

सेयर बजारमा भारी गिरावट, ५ कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार

सेयर बजारमा भारी गिरावट, ५ कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार

लगानी खबर, काठमाडौं - सेयर बजारको ओरालो यात्राले आज (सोमबार) पनि निरन्तरता पाएको छ । आज पनि सेयर बजारमा भारी गिरावट आएको हो । 

अघिल्लो सातासम्म दिनहुँजसो नयाँ रेकर्ड राख्दै आएको सेयर बजार गत मंगलबारदेखि घट्न थालेको हो ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । बोर्डको उक्त विज्ञप्तिपछि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० बिन्दुमा पुगेको छ । आज नेप्से २.४५ प्रतिशतले घटेको हो । हिजो (आइतबार) पनि नेप्से परिसूचक ६३.२८ अंकले घटेर २९०५.१४ बिन्दु बन्द बएको थियो । यता, सेन्सेटिभ परिसूचक पनि ८.३७ अंकले घटेर ५२०.१८ बिन्दुमा पुगेको छ  ।

कूल २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँको कारोबार भएको छ ।  

आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ । आज पनि फाइनान्स र हाइड्रोपावर समूहको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको हो ।

सोमबार २ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले बढ्दा सेयर ५ कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ  ।

सोमबार नेपाल पुनर्बीमा कम्पनी, एचईडिसिएल, नागरिक लगानी कोष, नेशनल हाइड्रो पावर, हिमालयन डिस्टिलरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपि पावर कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी र अरुण भ्याली हाइड्रोपावर कम्पनीले सर्वाधिक कारोबार गरेका छन् ।

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंक, कुमारी बैंक लिमिटेडको संस्थापक सेयर, १०.२५% एनबिबिएल डिबेन्चर २०८५, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, १०% नबिल डिबेन्चर २०८२, १०.२५% एसबीएल डिबेन्चर २०८३ १०% लक्ष्मी बैंक डिबेन्चर २०८६, १०% प्रभु बैंक डिबेन्चर २०८४, लक्ष्मी इक्वीटी फण्ड र १०.२५% सनराइज बैंक डिबेन्चर २०८३ का लगनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यता, पोखरा फाइनान्सम युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेशिभ फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, जोशी हाइड्रोपावर घलेम्दी हाइड्रोपावर लगायतकाका कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।