Like us!
Follow us!

राइड सेयरिङ सेवा आज रातिबाट सुरु हुँदै

राइड सेयरिङ सेवा आज रातिबाट सुरु हुँदै

लगानी खबर, काठमाडौं - निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् ।  उपत्यकामा निजी सवारीलाई जोर-बिजोर प्रणाली मा चल्न दिने भएसँगै टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले निजी सवारी साधन जोर–बिजोर प्रणालीमा चलाउन दिइने निर्णय गरेका थिए  ।  राइड सेयरिङ सेवा कम्पनीहरुले जोर-बिजरो प्रणालीलाई पालना गर्नेछन् ।

नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थाल्ने बताएको छ । राइडरले मापदण्ड अनुसार सेवा दिने टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।

पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ । पञ्जा, मास्क, र सेनिटाइजर प्रयोग गर्ने गरी प्रोटोकल बनाइएको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ  ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।