Like us!
Follow us!

स्वावलम्बन लघुवित्तको सेयर आजबाट लिलामीमा, न्यूनतम मूल्य कति ?

स्वावलम्बन लघुवित्तको सेयर आजबाट लिलामीमा, न्यूनतम मूल्य कति ?

लगानी खबर, काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ६ गते) बाट १ लाख ९० हजारभन्दा बढी कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ। 

संस्थाले नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामी सेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आजदेखि असार १५ गतेसम्म आवेदन दिन सकिनेछ। 

बोलपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ। 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60cebb486e2e9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।