Like us!
Follow us!

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३६६० जना संक्रमणमुक्त

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३६६० जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय १ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार १० जनाको पीसीआर परीक्षणमा १ हजार ६ सय ८८ जना र ४ हजार ६ सय ८६ जनाको एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३४ जनाको मृत्यु भएको छ । शुक्रबार देशभर २ हजार ७ सय ६८ जना संक्रमित थपिएका थिए, भने ४ हजार २० जना निको भएका थिए । यस्तै, शुक्रबार कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।