Like us!
Follow us!

सेयर बजारको उकालो यात्रामा ब्रेक

सेयर बजारको उकालो यात्रामा ब्रेक

लगानी खबर, काठमाडौं - आज (मंगलबार) सेयर बजारको उकालो यात्रामा ब्रेक लागेको छ  । आज सेयर बजारमा  सामान्य करेक्सन देखिएको हो  ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ बिन्दुमा पुगेको छ । आज नेप्से ०.१२ प्रतिशतले घटेको हो । सोमबार नेप्से परिसूचक ४२.७२ अंकले बढेर ३०२५.८३ बिन्दुमा पुगी नयाँ रेकर्ड बनाएको थियो । बजार बन्द हुँदाको यो बिन्दु नै हालसम्मको उच्च हो । यता, सेन्सेटिभ परिसूचक भने ०.२५ अंकले बढेर ५५०.२६ बिन्दुमा पुगेको छ  ।

कूल २२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँको कारोबार भएको छ ।  आइतबार बजारमा मात्रै १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार नयाँ रेकर्ड बनाएकाे छ । 

आज कूल १३ वटा उपसमूहमध्ये ५ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।

त्यसैगरी, मंगलबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७६ कराेड १२ लाख ५ हजार ८ सय २१ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । त्यसैगरी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), हिमालयन डिष्टीलरी, अरूण भ्याली हाइड्राेपावर, नेशनल हाइड्राेपावर, लुम्बिनी विकास बैंक, अपि पावर कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले पनि सर्वाधिक कारोबार गरेका छन् ।

आज सिइडिबी हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, युनियन हाइड्राेपावर, ओरियन्टल हाेटल,  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), नेपाल टेलिकम, हिमालयन डिष्टीलरी, गाेर्खाज फाइनान्स, प्रुडेन्सियल इस्याेरेन्स र नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

यता, छ्याङ्दी हाइड्राेपावर, लिबर्टी इनर्जी, बरूण हाइड्राेपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल हाइड्राे डेभलपर्स, सप्तकाेशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, समृद्धि फाइनान्स, नेपाल फाइनान्स र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।