लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको ४ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (जेठ ३१ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (जेठ ३१ गते, साेमबार) अन्तिम दिन हाे ।
कुनको कित्ता कति ?
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड
बैंककाे स्वामित्वमा रहेको महुली लघुवित्तकाे ५६ हजार २ सय ७० कित्ता संस्थापक समूहकाे सेयरमा आवेदन दिने अन्तिम दिन आज (साेमबार) हो । लगानीकर्ताले आज बैंकिङ्ग समयसम्म मात्र उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।
संस्थाले उक्त सेयर जेठ १३ गते, बिहीबार लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरकाे न्युनतम मूल्य ८ सय रूपैयाँ ताेकिएकाे छ । उक्त सेयरमा लगानीकर्ताले न्युनतम ५ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
बैंककाे स्वामित्वमा मेरो माइक्रोफाइनान्स लघुवित्तकाे ६० हजार ४१८ कित्ता संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन आज (साेमबार) हो । लगानीकर्ताले आज बैंकिङ्ग समयसम्म मात्र उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य रू. ५७२ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त सेयर खरीदका लागि बोलकबोल गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड
बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक सेयर जेठ १६ गतेदेखि लिलामीमा राखिएको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता ४७७ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद तोकिएको छैन।
नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेड
बैंकले कम्पनीकाे ४१ हजार ८ सय ५६ कित्ता संस्थापक समूहकाे सेयरहरू जेठ १३ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । उक्त सेयरकाे न्युनतम मूल्य ५ सय १७ रूपैयाँ ताेकिएकाे छ ।
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।