Like us!
Follow us!

सेयर बजारमा सामान्य गिरावट, एक दर्जन कम्पनीको सेयरमूल्य ९% भन्दा बढीले वृद्धि

सेयर बजारमा सामान्य गिरावट, एक दर्जन कम्पनीको सेयरमूल्य ९% भन्दा बढीले वृद्धि

लगानी खबर, काठमाडौं- साताको अन्तिम कारोबार दिन आज (बिहिबार) पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजारमा सामान्य गिरावट आएको हो । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ भने सेन्सेटिभ परिसूचक बढेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १.८०अंकले घटेर २९४४.७८ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने २.५९ अंकले बढेर ५२७.८७ बिन्दुमा पुगेको छ । 

आज कूल २२० वटा कम्पनीको ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब १० करोड १ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा मात्र उपसमूहकाे सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ  । 

आज हाइड्रोपावरमा लगानीकर्ताकोण आकर्षण देखिएको छ  । आज यो समूहका लगानीकर्ताले नाफा कमाएका छन् यो समूहको सेयरमूल्य २.९९ प्रतिशतले बढेको छ  । त्यस्तै, डेभलपमेन्ट बैंक र फाइनान्स समूहको सेयर पनि बढेको छ  । त्यसैगरी, आज जीवनबीमा समूह र व्यापार समूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । 

बिहिबार एक दर्जन कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । जसमध्ये १ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज  पाँचथर पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी, शिव श्री हाइड्रोपावर,  ङादी ग्रुप पावर, माउन्टेन इनर्जी नेपाल, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर लगायत कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

यता, गाेर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्याेरेन्स, युनाइटेड इन्स्याेरेन्स, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन, समिट लघुवित्त, प्राइम लाइफ, एभरेष्ट इन्स्याेरेन्स, एनएलजी इन्स्याेरेन्स, सिद्धार्थ इन्स्याेरेन्स र गुराँस लाइफ इन्स्याेरेन्सको सेयरमूल्यमा भने सबैभन्दा धेरै गिरावट आएको छ । यी कम्पनीहरुले सर्वाधिक घाटा व्यहोरेका हुन् । 

त्यसैगरी, आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, रिडी हाइड्राेपावर कम्पनी लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, ज्याेति विकास बैंक लिमिटेड, अरूण काबेली र एनसीसी बैंकले सर्वाधिक काराेबार गरेका छन् ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।