Like us!
Follow us!

राष्ट्र बैंकले १ अर्ब ७८ करोड रुपैयाँ मुद्दतीमा निक्षेपमा लगानी गर्दै

राष्ट्र बैंकले १ अर्ब ७८ करोड रुपैयाँ मुद्दतीमा निक्षेपमा लगानी गर्दै

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दतीमा लगानी गर्ने भएको छ । बैंकले आफ्ना विभिन्न कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम २०७८ असार १ गतेदेखि २०७९ असार १ गतेसम्म (३६५ दिन)को मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।
जसमध्ये बैंकले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ८ करोड ९० लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ ।

बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

60bd7e5f9d8d7.JPG 60bd7e657eb2c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।