Like us!
Follow us!

कोक, फ्यान्टा र स्प्राइटको मूल्य बढ्यो

कोक, फ्यान्टा र स्प्राइटको मूल्य बढ्यो

लगानी खबर, काठमाडौं - गर्मी बढेसँगै चीसो पेय पदार्थको मूल्य पनि बढेको छ ।

बाेटलर्स नेपाल र बाेटलर्स नेपाल (तराई) बाट उत्पादित कोकोकोला, फ्यान्टा र स्प्राइटको मूल्य बढेकाे हाे । अन्य चीसो पेय पदार्थकाे मूल्य भने पूरानै कायम रहनेछ । उक्त मूल्य आज जेठ २१ गते, शुक्रबारबाट नै नेपालभर लागू हुनेछ । 

नयाँ मूल्य अनुसार १.५ लिटरको कोक र फ्यान्टाको खुद्रा मूल्य प्रति बोतल १६० रुपैयाँ, कोक र फ्यान्टा एक केस (६ बोतल) को मूल्य ९६० रुपैयाँ, २.२५ लिटरको कोक, फ्यान्टा र स्प्राइटको मूल्य प्रति बाेतल २२५ रुपैयाँ र २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट एक केस (६ बाेतल) को मूल्य १ हजार ३५० रुपैयाँ रहेकाे छ ।

60b9d6658a6b7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।