Like us!
Follow us!

यस वर्षको एसईई नतिजा पनि आन्तरिक मूल्यांकनबाटै

यस वर्षको एसईई नतिजा पनि आन्तरिक मूल्यांकनबाटै

लगानी खबर, काठमाडौं - सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ । गत वर्ष पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने निर्णय गरेको हो एसईई आउनै लाग्दा के गर्ने भन्ने अन्योल थियो ।

कोरोना महामारी झन बढ्दै गएकाले विद्यार्थीलाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकनबाट एसईई परीक्षा टुंगो लगाउने जिम्मेवारी दिइएको हो । राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने मन्त्रालयलाई प्रस्ताव गरेको थियो । 

राजधानी दैनिकमा समाचार छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।