लगानी खबर, काठमाडौं - सरकारले अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण गरेकाे छ ।
शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सेयर बजारका लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी विभाजन गरेर फरकफरक लाभकर निर्धारण गरिएकाे जानकारी दिएका हुन् ।
नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिकाे लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्ने भएकाे छ ।
यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।