प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?
लगानीखबर
शुक्रबार, १४ जेठ २०७८, १८ : १६
मा प्रकाशित
लगानी खबर, काठमाडौँ - प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबारदेखि जेठ ९ गते, आइतबारदेखि बिक्रीमा ल्याएको प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बाँडफाँड गरिएकाे छ ।
शुक्रबार गरिएकाे बाँडफाँडमा रितपूर्वक आवेदन दिएका ८२ हजार १५२ जना आवेदकहरु सबैलाई इकाई बाँडफाँड गरिएकाे योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । न्यूनतम १०० इकाईदेखि १० लाख इकाईसम्म मााग गर्ने सबैलाई माग अनुसारकै इकाईहरु र १० लाख इकाई भन्दा माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको क्यापिटलले जनाएकाे छ ।
क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको कुल १० करोड इकाई निष्कासन गरेको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १२ करोड ५० लाख इकाई बनाइएको हो । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।