Like us!
Follow us!

म्युचुअल फण्ड : नयाँ र जोखिम नलिनेहरुलाई लगानीको उपयुक्त औजार

म्युचुअल फण्ड : नयाँ र जोखिम नलिनेहरुलाई लगानीको उपयुक्त औजार

लगानी खबर काठमाडौं – पछिल्लो समय सामूहिक लगानी कोष (म्युचुअल फण्ड) प्रति लगानीकर्ताहरूकोे आकर्षण बढ्दै गएको छ । पछिल्लो केही महिनायता केही व्यवस्थापकहले निस्कासनमा ल्याएका म्युचुअल फण्डहरूमा मागभन्दा धेरै परेको आवेदनले लगानीकर्ताको आकर्षणलाई पुष्टि गर्दछ ।

कतिपय नयाँ लगानीकर्ताहरूलाई म्युचुअल फण्डबारे धेरै जानकारी नहुन सक्छ । त्यसैले सर्वप्रथम म्युचुअल फण्डको बारे केही जानकारी लिउँ ।

नेपाली पूँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये सामूहिक लगानी कोष पनि एक औजार हो । म्युचुअल फण्ड एक प्रकारको लगानी योजना हो । जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्रलगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ । यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल कोषमा लगानी गर्नेहरुलाई नै फिर्ता गर्दछ । साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानी गर्ने भनेको म्युचुअल फन्डले नै हो । यहाँ लगानी गर्ने हरेक लगानीकर्ता कोषको सदस्य बन्दछन्।

म्युचुअल फन्ड दुई प्रकारका हुन्छन्, एक बन्दमुखी योजना र अर्को खुलामुखी योजना । यी दुई योजनाहरूका आ-आफ्नै विशेषताहरू हुन्छन् । खुलामुखी योजना : यस्तो योजनाको इकाइहरु निरंतर किनबेचको लागि उपलब्ध हुन्छ । दोस्रो बजार अर्थात नेप्सेमा यो योजना सूचिकृत हुँदैन । यसको किनबेच कुनै पनि समयमा खुद सम्पत्ति मूल्यको आधारमा गर्न सकिन्छ । यसमा समय निश्चित गरिएको हुँदैन । त्यसैगरी युनिटहरु पनि मागका आधारमा बढाउन सकिन्छ । बन्दमुखी योजना : यस प्रकारको फन्डले एकचोटी सेयर जारी गरिसकेपछि निश्चित अविधिसम्म मात्रै संचालन हुन्छ। यसको निश्चित म्याचुरिटी मिति हुन्छ । उक्त मितिपछि लगानीकर्ताको लगानी फिर्ता आउँछ । बन्दमुखी योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार समेत हुन्छ ।

दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा म्युचुअल फण्डहरूको अवस्थाको बारेमा कुरा गर्नुपर्दा हाल नेप्सेमा २० वटा म्युचुअल फण्डहरू सूचीकृत छन् । तीमध्ये २ वटा म्युचुअल फण्डहरूको मूल्य आइपिओ निस्कासनका बेलामा तोकिएको भन्दा सस्तो छ । कुमारी इक्विटी फण्डको मूल्य ९ रूपैयाँ ९५ पैसा र सानिमा लार्ज क्याप फण्डको मूल्य ९ रूपैयाँ ९३ पैसा रहेको छ । सूचीकृत २० वटा म्युचुअल फण्डमध्ये सबैभन्दा धेरै ग्लोबल आईएमई सम्मुनत योजना १ को मूल्य १७ रूपैयाँ १२ पैसा रहेको छ ।

२० वटा म्युचुअल फण्डमध्ये प्रतिइकाई ९ देखि १० रूपैयाँको बीचमा मूल्य हुनेमा २ वटा म्युचुअल फण्ड, प्रतिइकाई १० देखि ११ रूपैयाँको बीचमा मूल्य हुनेमा २ वटा म्युचुअल फण्ड, प्रतिइकाई ११ देखि १२ रूपैयाँको बीचमा मूल्य हुनेमा ३ वटा म्युचुअल फण्ड, प्रतिइकाई १२ देखि १३ रूपैयाँको बीचमा मूल्य हुनेमा ५ वटा म्युचुअल फण्ड, प्रतिइकाई १३ देखि १४ रूपैयाँको बीचमा मूल्य हुनेमा ४ वटा म्युचुअल फण्ड, प्रतिइकाई १४ देखि १५ रूपैयाँको बीचमा मूल्य हुनेमा २ वटा म्युचुअल फण्ड, १५ रूपैयाँ मूल्य हुनेमा एउटा म्युचुअल फण्ड र १७ रूपैयाँ भन्दा माथी मूल्य हुनेमा एउटा म्युचुअल फण्ड रहेका छन् ।

म्युचुअल फण्डमा किन गर्ने लगानी ?

म्युचुअल फण्डमा लगानी गर्नका लागि ठूलो पुँजीको आवश्यकता पर्दैन । न्युनतम एक हजार रुपैयाँमा नै लगानीको सुरुवात गर्न सकिने भएकाले ससाना लगानीकर्ताले पनि यसबाट लाभ लिन सक्छन् । कोष प्रबन्धकहरूले म्युचुअल फण्डको तर्फबाट कार्य सम्पादन तथा व्यवस्थापन गर्ने भएकाले बार्षिक रुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन् । प्रोफेसनल व्यवस्थापकद्वारा व्यवस्थापन गरिने, पारदर्शी हुने, न्युन कारोबार शूल्क र सानै स्रोतबाट लगानी गर्न सकिने हुँदा नयाँ लगानीकर्ता, सेयर बजारको घटबढका बारेमा जानकारी नभएका साना लगानीकर्ताहरुका लागि म्युचुअल फण्ड लाभदायक मानिन्छ । यस्ता म्युचुअल फण्डहरु लगानीको विविधिकरण र कर सुविधाका साथमा सहजै र छिटो किनबेच गर्न सकिने भएकाले पनि लगानीको सुरक्षित क्षेत्र मानिन्छ । यसले धेरै लगानीकर्ताको बचतलाई संकलन गरी निश्चित वित्तीय औजारमा लगानी गर्छ । व्यावसायिक व्यवस्थापकको ज्ञान तथा अनुभव (जुन व्यक्तिगत लगानीकर्तामा नहुन सक्छ) को अधिकतम उपयोग गर्छ । आकारको फाइदा उठाउँछ जुन व्यक्तिगत लगानीकर्तामा हुन सक्दैन ।

तलको तालिकामा हेर्नुस् कुन म्युचुअल फण्डको मूल्य कति ?

60ae1f98bf4ef.jpg

याे पनि :

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।