Like us!
Follow us!

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. पौडेल नियुक्त

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. पौडेल नियुक्त

लगानी खबर, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

यसअघिका प्रवक्ता डा जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले पौडेललाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हाे । (रासस)

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।