Like us!
Follow us!

लक्ष्मी इक्वीटी फण्डको न्याभसँगै सेयर लगानी पनि घट्यो

लक्ष्मी इक्वीटी फण्डको न्याभसँगै सेयर लगानी पनि घट्यो

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्वीटी फण्डले २०७८ वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ ।  वैशाख मसान्तसम्म दुवै फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) सँगै सेयर लगानी रकममा गिरावट आएको छ ।

वैशाख मसान्तमा फण्डको न्याभ १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ १५ रुपैयाँ ५४ पैसा रहेको थियो । फण्डको प्रतिइकाई खुद सम्पति मूल्यमा १९ पैसाले गिरावट आएको हो । 

सो अवधिमा फण्डले सूचीकृत सेयरमा ८७ करोड १९ लाख ३९ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा फण्ड ९८ करोड ४९ लाख ६२ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी ११ करोड ३० लाख २३ हजारले घटेको छ । यस अवधिमा फन्डले ७२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

सो अवधिमा फण्डको मुद्दति निक्षेप स्थिर रहेको छ ।  बैंक मौज्दात भने बढेर ८९ करोड ७१ लाख ८० हजार रुपैयाँमा झरेको छ । चैत महिना भने बैंक मौज्दातमा ७९ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको थियो । 

फण्डले सार्वजनिक गरेकाे वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60b083b29388b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।