Like us!
Follow us!

मंगलबार यी कम्पनीका लगानीकर्ता भए निराश

मंगलबार यी कम्पनीका लगानीकर्ता भए निराश

लगानी खबर, काठमाडौँ - मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेकाे छ । नेप्से ०.२३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.५१ अंकले घटेर ५०३.९९ मा पुगेको छ । कूल २१९ वटा कम्पनीकाे २ कराेड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय ८ रुपैयाँको कारोबार भएकाे छ ।

मंगलबार सबैभन्दा धेरै नाफा गूमाउने कम्पनीहरूकाे पहिलाे सूचीमा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य ३.२२ प्रतिशतले घटेर ३ सय १ रूपैयाँमा झरेकाे छ ।

आज सबैभन्दा धेरै नाफा गूमाउने कम्पनीहरूकाे दाेश्राे सूचीमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । बैंककाे सेयरमूल्य २.७० प्रतिशतले घटेर ४ सय ६९ रूपैयाँमा झरेकाे छ ।

यस दिन नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य २.६२ प्रतिशतले घटेर ४ सय ९ रूपैयाँमा झरेकाे छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य २.६१ प्रतिशतले घटेर २ सय ९९ रूपैयाँमा झरेकाे छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे सेयरमूल्य २.५५ प्रतिशतले घटेर २ सय ६७ रूपैयाँमा झरेकाे छ ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य २.४५ प्रतिशतले घटेर ३ सय १९ रूपैयाँमा झरेकाे छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य २.३८ प्रतिशतले घटेर ५ सय ७४ रूपैयाँमा झरेकाे छ । लुम्बिनी विकास बैंक लिमिटेडकाे सेयरमूल्य २.३७ प्रतिशतले घटेर ३ सय १९  रूपैयाँमा झरेकाे छ ।

त्यसैगरी, जानकी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य २.२९ प्रतिशतले घटेर ३ सय ४१ रूपैयाँमा झरेकाे छ । सिभिल बैंक लिमिटेडकाे सेयरमूल्य २.२० प्रतिशतले घटेर २ सय ६७ रूपैयाँमा झरेकाे छ ।

60acd3ade19d0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।