लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे २७.७६९ प्रतिशत बाेनस बापतकाे ३८ लाख ४० हजार २ सय २ कित्ता सेयर सूचिकृत भएको हाे ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।