लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड पनि लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाउनुकाे कारण हरेक वर्ष कम्पनीले वितरण गर्दै आइरहेकाे प्रतिफल पनि हाे । सुरूवातदेखि नै कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिँदै आइरहेको छ ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ८ सय ८५ रूपैयाँ रहेकाे छ । कम्पनीकाे सेयरमा ९ वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर ६ सय ६० कित्ता पुगेकाे छ । यसैगरी, लगानीकर्ताहरूले लगानी गरेकाे भन्दा २ गुणा धेरै रकम कम्पनीले दिएकाे नगद लाभांशबाट प्राप्त गरिसकेका छन् ।
कम्पनीकाे सेयरमा ९ वर्ष अघि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर १२ लाख ४४ हजार एक सय रूपैयाँ पुगेकाे छ ।
शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :
१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बाेनस र २.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २४ प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६० प्रतिशत बाेनस र ३.१६ प्रतिशत नगद गरि कूल ६३.१६ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।
६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २९ प्रतिशत बाेनस र १.५३ प्रतिशत नगद गरि कूल ३०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।
८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।
९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।