लगानी ख्बार, काठमाडौं - नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गरेको छ । बैंकले ९ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८३ नामक बचतपत्र बिक्री खुल्ला गरेको हो । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६/६ महिनामा ब्याजदर प्राप्त हुनेछ ।
नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले आज जेठ ११ गतेदेखि असार १ गतेसम्मका लागि नागरिक बचतपत्र २०८३ बिक्री खुल्ला गरेको हो ।
राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा उक्त रकम बराबरको बचतपत्र बिक्री हो।
उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।
उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।