Like us!
Follow us!

नेप्से नयाँ उचाईमा पुग्दा यी १६ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि, लगानीकर्ता मख्खै

नेप्से नयाँ उचाईमा पुग्दा यी १६ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि, लगानीकर्ता मख्खै

लगानी खबर, काठमाडौं - आज (जेठ ९ गते, आइतबार) पनि सेयर बजारले अर्को नयाँ उचाई बनाएकाे छ । यसअघि गत मंगलबार सेयर बजार २७९३ दशमलव ८९ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । 

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेकाे छ । नेप्से १.१८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको छ । कूल २२० वटा कम्पनीकाे २ कराेड ४७ लाख ३९ हजार एक सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड १४ लाख ६७ हजार ४ सय ५९ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

आइतबार १६ वटा कम्पनीकाे सेयरमूल्य सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । जसमध्ये अधिकांश विकास बैंक र फाइनान्सकम्पनीहरू र केही जलविद्युत कम्पनी रहेका छन् ।

सकारात्मक सर्किट लेभलमा काराेबार भएका विकास बैंकहरू :

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ८६ रूपैयाँ पुगेकाे छ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य पनि १० प्रतिशतले बढेर २ सय ८६ रूपैयाँ पुगेकाे छ । महालक्ष्मी विकास बैंककाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर ३ सय ४२ रूपैयाँ पुगेकाे छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.९३ प्रतिशतले बढेर ३ सय १० रूपैयाँमा पुगेकाे छ । सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.८४ प्रतिशतले बढेर २ सय ६८ रूपैयाँ पुगेकाे छ ।

सकारात्मक सर्किट लेभलमा काराेबार भएका फाइनान्स कम्पनीहरू :

बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८५ प्रतिशतले बढेर २ सय ९० रूपैयाँ पुगेकाे छ । गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.८५ प्रतिशतले नै बढेर ४ सय ३५ रूपैयाँ पुगेकाे छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८० प्रतिशतले बढेर ३ सय ३६ रूपैयाँ पुगेकाे छ । आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७८ प्रतिशतले बढेर ४ सय १५ रूपैयाँ पुगेकाे छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७५ प्रतिशतले बढेर ३ सय १५ रूपैयाँ पुगेकाे छ । पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.७० प्रतिशतले बढेर ३ सय ७३ रूपैयाँ पुगेकाे छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.६९ प्रतिशतले बढेर ३ सय २८ रूपैयाँ पुगेकाे छ । 

सकारात्मक सर्किट लेभलमा काराेबार भएका जलविद्युत कम्पनीहरू :

युनाइटेड इदी मर्दी हाइड्राेकाे सेयरमूल्य ९.९३ प्रतिशतले बढेर ४ सय ६५ रूपैयाँ पुगेकाे छ । कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८६ प्रतिशतले बढेर ४ सय एक रूपैयाँ पुगेकाे छ ।  बरूण हाइड्राेपावरकाे सेयरमूल्य ९.८४ प्रतिशतले बढेर ४ सय २ रूपैयाँ पुगेकाे छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८१ प्रतिशतले बढेर ४ सय १४ रूपैयाँ पुगेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।