लगानी खबर, काठमाडौँ - आज (बिहीबार) सेयर बजारमा सामान्य सुधार देखिएकाे छ । बिहीबार फाइनान्स कम्पनी र डेभलपेमन्ट बैंकहरूमा धेरै चमक देखिएकाे छ । बढ्ने कम्पनीहरूमा अधिकांश फाइनान्सहरू रहेका छन् ।
बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ मा पुगेकाे छ । कूल २१४ वटा कम्पनीकाे एक कराेड ९९ लाख ६६ हजार ६ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २२ करोड एक लाख ९७ हजार २ सय २६ रूपैयाँको कारोबार भएकाे छ ।
बिहीबार सबैभन्दा धेरै नाफा कमाउनेकाे पहिलाे सूचीमा मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ९४ रूपैयाँ पुगेकाे छ ।
सबैभन्दा धेरै मूल्य बढ्ने दाेश्राे सूचिमा गुडविल फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ९६ रूपैयाँ पुगेकाे छ ।
यस दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीकाे तेश्राे सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९६ प्रतिशतले बढेर एक हजार ८ सय ७६ रूपैयाँ पुगेकाे छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएपछि गत असार १ गते, साेमबारबाट दाेश्राे बजारमा राेक्का राखिएकाे समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार वैशाख २१ गते, मंगलबारबाट खुलेकाे थियाे । कारोबार खुलेसँगै संस्थाकाे सेयरमूल्य लगातार बढिरहेको छ ।
त्यसपश्चात् क्रमश : गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.८८ प्रतिशतले बढेर ६ सय ४५ रूपैयाँ पुगेकाे छ । युनाइटेड इदी मर्दीकाे सेयरमूल्य ९.८७ प्रतिशतले बढेर ४ सय २३ रूपैयाँ पुगेकाे छ । जानकी फाइनान्सकाे सेयरमूल्य ९.७७ प्रतिशतले बढेर ३ सय ३७ रूपैयाँ पुगेकाे छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सकाे सेयरमूल्य ९.४५ प्रतिशतले बढेर ३ सय ३६ रूपैयाँमा पुगेकाे छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ९.३५ प्रतिशतले बढेर ४ सय ६८ रूपैयाँ पुगेकाे छ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ८.७८ प्रतिशतले बढेर ६ सय ३२ रूपैयाँ पुगेकाे छ । लुम्बिनी विकास बैंक लिमिटेडकाे सेयरमूल्य ८.३३ प्रतिशतले बढेर ३ सय २५ रूपैयाँ पुगेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।