लगानी खबर, काठमाडौं - आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २६.७२ अंकले बढेर २८०७.५२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.९६ अंकले बढेर ४९८.१० विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५९ वटा कम्पनीको २४ हजार ५ सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा एक कराेड २७ लाख १२ हजार २ सय १५ रुपैयाँको कारोबार भएकाे छ ।
प्रिओपन सेसन कारोबारमा नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ मा पुगेकाे थियाे । यस्तै सेन्सेटिभ परिसूचक १.०८ अंकले घटेर ४९६.१४ मा पुगेको थियाे । कूल २१४ वटा कम्पनीकाे २ कराेड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४ सय ११ रुपैयाँको कारोबार भएकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।