लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घट्दा पनि काराेबार रकमले भने नयाँ रेकर्ड बनाएकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ मा पुगेकाे छ । नेप्से ०.४७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.०८ अंकले घटेर ४९६.१४ मा पुगेको छ । कूल २१४ वटा कम्पनीकाे २ कराेड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४ सय ११ रुपैयाँको कारोबार भएकाे छ ।
यस दिन ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे मूल्य ६.८८ प्रतिशतले घटेर ३ सय २५ रूपैयाँमा झरेकाे छ ।
बुधबार सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा युनाइटेड माेदी हाइड्राेपावर कम्पनी लिमिटेड रहेकाे छ । यसको मूल्य ५.९२ प्रतिशतले घटेर २ सय ८६ रूपैयाँमा झरेकाे छ ।
आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य ५.७० प्रतिशतले घटेर ३ सय ९७ रूपैयाँमा झरेकाे छ ।
त्यसैगरी, क्रमश : युनिभर्सल पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ५.६० प्रतिशतले घटेर २ सय ५३ रूपैयाँमा झरेकाे छ । रैराङ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ५.३५ प्रतिशतले घटेर ४ सय ७ रूपैयाँमा झरेकाे छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.९१ प्रतिशतले घटेर २ सय ७१ रूपैयाँमा झरेकाे छ । शिव श्री हाइड्राेपावरकाे सेयरमूल्य ४.९० प्रतिशतले घटेर २ सय ७२ रूपैयाँमा झरेकाे छ । प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.८५ प्रतिशतले घटेर २ सय ५५ रूपैयाँमा झरेकाे छ । सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य ४.८० प्रतिशतले घटेर २ सय ३८ रूपैयाँमा झरेकाे छ । कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ४.८० प्रतिशतले घटेर ३ सय ७७ रूपैयाँमा झरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।