लगानी खबर, काठमाडौँ - मंगलबार नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका छन् । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ मा पुगेकाे छ । याे हालसम्म कै उच्च विन्दु हाे । कूल २१५ वटा कम्पनीकाे २ कराेड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएकाे छ । याे काराेबार रकम पनि हालसम्मकै उच्च हाे ।
यस दिन नेपाल दूरसञ्चार कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे मूल्य १.०७ प्रतिशतले घटेर एक हजार ३ सय ८९ रूपैयाँमा झरेकाे छ ।
मंगलबार सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा अपार तामाकाेशी रहेकाे छ । यसको मूल्य १.०६ प्रतिशतले घटेर ८ सय ४० रूपैयाँमा झरेकाे छ ।
आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य ०.९५ प्रतिशतले घटेर २ हजार एक सय ९९ रूपैयाँमा झरेकाे छ ।
त्यसैगरी, क्रमश : १०.२५% ग्लाेबल आइएमइ बैंक डिबेञ्चर २०८०/८१ काे मूल्य ०.९४ प्रतिशतले घटेर एक हजार ५० रूपैयाँमा झरेकाे छ । ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ०.५७ प्रतिशतले घटेर ८ सय ५७ रूपैयाँमा झरेकाे छ । एनआरएन इन्फ्रास्ट्रक्चरकाे सेयरमूल्य ०.५० प्रतिशतले घटेर ७ सय ९६ रूपैयाँमा झरेकाे छ । सानिमा जलरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य ०.३८ प्रतिशतले घटेर ७ सय ८७ रूपैयाँमा झरेकाे छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे सेयरमूल्य ०.३७ प्रतिशतले घटेर ५ सय ४४ रूपैयाँमा झरेकाे छ । बाेटलर्स नेपाल (तराइ) काे सेयरमूल्य ०.३७ प्रतिशतले घटेर ११ हजार २ सय ३० रूपैयाँमा झरेकाे छ । लक्ष्मी इक्वीटी फण्डकाे मूल्य ०.३४ प्रतिशतले घटेर ११ रूपैयाँ ८० पैसामा झरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।