लगानी खबर, काठमाडौँ - आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २५.३९ अंकले बढेर २७८४.६० विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ४.५७ अंकले बढेर ४९७.१५ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ६८ वटा कम्पनीको १५ हजार ८ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा एक कराेड ८ लाख ५९ हजार ७ सय २० रुपैयाँको कारोबार भएकाे छ ।
प्रिओपन सेसन कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ग्रामीण विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा रूरू जलविद्युत परियाेजनाकाे सर्वाधिक काराेबार भएकाे छ ।
साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुगी राेकिएकाे थियाे । यस्तै सेन्सेटिभ परिसूचक ४.४५ अंकले बढेर ४९२.५८ मा पुगेको थियाे । साेमबार कूल २१८ वटा कम्पनीकाे एक कराेड ९० लाख ५६ हजार २ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँको कारोबार भएकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।