Like us!
Follow us!

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौँ - साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर हालसम्मकै उच्च अर्थात् २७५९.२१ विन्दुमा पुगेकाे छ । यस दिन कूल कूल २१८ वटा कम्पनीकाे एक कराेड ९० लाख ५६ हजार २ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँको कारोबार भएकाे छ ।

साेमबार १०.२५ प्रतिशत व्याजदर नेपाल बङ्गलादेश बैंक लिमिटेड डिबेञ्चर, २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । यस डिबेञ्चरको मूल्य १.९४ प्रतिशतले घटेर एक हजार ६० रूपैयाँमा झरेकाे छ ।

यसैगरी, यसदिन सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा १०% एनआईसी एशिया बैंक डिबेञ्चर २०८५/८६ रहेकाे छ । यस डिबेञ्चरको मूल्य १.९१ प्रतिशतले घटेर एक हजार एक सय २७ रूपैयाँमा झरेकाे छ । 

आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य १.८४ प्रतिशतले घटेर ६ हजार ३ सय ६० रूपैयाँमा झरेकाे छ ।

त्यसैगरी, क्रमश : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १.७६ प्रतिशतले घटेर २ सय ७९ रूपैयाँमा झरेकाे छ । ज्याेति विकास बैंक लिमिटेडकाे सेयरमूल्य १.७४ प्रतिशतले घटेर २ सय ८२ रूपैयाँमा झरेकाे छ । १०.५० प्रतिशत एसबिएल डिबेञ्चर २०८२ काे मूल्य १.६८ प्रतिशतले घटेर एक हजार ५५ रूपैयाँमा झरेकाे छ । एनआइबिएल प्रगति फण्डकाे मूल्य १.४८ प्रतिशतले घटेर १२ रूपैयाँ ६३ पैसामा झरेकाे छ । आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य १.४८ प्रतिशतले घटेर ३ सय ३३ रूपैयाँमा झरेकाे छ । गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १.४७ प्रतिशतले घटेर ८ सय २ रूपैयाँमा झरेकाे छ । हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य १.४७ प्रतिशतले घटेर ७ सय ३८ रूपैयाँमा झरेकाे छ ।

60a2396422484.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।